किसानका समस्या, मल बिउबिजनका समस्यामा ध्यान नदिएर सरकार बसेकै हो । सरकारी गाडीको दुरूपयोग, सरकारी सम्पत्तिको दुरूपयोग हुँदा मौन रहेको सरकार कसरी सामाजिक सञ्जाल नियन्त्रणमा हाम फाल्न पुग्यो विचारणीय छ ।
सधैँको आन्दोलन : खुसी छैन मन
चिन्ता बढ्यो झन्
रोएको रोयै छ खुसी छैन मन
हरिदेवी कोइराला र पुरुषोत्तम न्यौपानेले २ दर्जन वर्षअगाडि गाएको यो गीत कुन प्रसङ्गमा गाइयो
थाहा भएन । तर यस गीतमा जसरी गायकको मन खुसी छैन । त्यसैगरी हालै भएको आन्दोलनबाट धेरैको मन खुसी छैन । किनकि यो आन्दोलनले देशको शान्तिसुरक्षा र राष्ट्रिय विश्वसनीयतामा जरैदेखि प्रश्न चिन्ह लगायो । अर्को कुरा आन्दोलनले भ्रष्टाचार गर्न हुँदैन भन्ने सन्देश दिन सकेन, अहिले पनि भ्रष्टाचार छ । जतिका घर जले ती सबै भ्रष्ट हुन् भन्ने प्रमाण आन्दोलनकारीसँग छैन । एउटा मात्र निर्दोषको घर जलेको रहेछ भने त्यो ज्यादै ठूलो सामूहिक अपराध हो । राज्यले मानिस मा¥यो ऊ त दोषी भयो नै छानबिन होला । तर अन्धाधुन्ध विभिन्न ठाउँमा आगो लगाइयो । यसले मानवतामाथि नै गहिरो त्रास जन्मायो । लगानीको वातावरण घट्यो, पुँजी पलायन भयो । जिम्मेवारी एकातिर पन्छाएर आफू उम्किन मिल्दैन ।
२०८२ साल भाद्र २२ गते साँझ भोलि जेनजीले सोसल मिडियामाथि प्रतिबन्धको विरोधमा प्रदर्शन गर्ने भन्ने व्यापक भएको थियो । अर्को दिन २३ गते नेपालमा सोह्र श्राद्धको सुरुवात थियो । त्यो दिन दश प्रतिशत जति नेपाली श्राद्धमा व्यस्त थिए । साँझ समाचार हेर्दा १९ जना प्रदर्शनकारीको ज्यान गएको र ३ सय बढी घाइते भएको खबर आयो । दिउँसो १२ बजेबाट ६ बजेको बीचमा १९ जना कल्कलाउँदा युवक मारिएको त्यो दिनको वीभत्सताको जिम्मेवारी लिँदै तत्कालीन गृहमन्त्रीले राजीनामा दिए । तर त्योभन्दा माथिल्लो जवाफदेहितामा रहेका तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएनन् । पहिलो दिनको १९ मृत्यु र ३ सय बढीको अस्पताल यात्राको नैतिक तथा कार्यकारी जिम्मेवारी बहन हुनुपर्ने ठाउँबाट नभएपछि भाद्र २४को भयावह घटना घट्यो । जुन सबैभन्दा पीडादायक परिदृश्य बन्यो राष्ट्रका लागि । आन्दोलनले देशले जनताले के पायो के गुमायो । तर त्यहाँ जे परिणाम आयो त्यसबाट यो लेखक खुसी छैन किनकि उपलब्धि लगभग शुन्यमा छ । एकथान ओलीले राजीनामा दिँदैमा देशले केही उपलब्धि प्राप्त गर्दैन राजीनामा चाहिएको हो । ओली प्रवृत्तिको त्यो भएन । त्यसैले चिन्ता बढ्यो झन् ।
सरकार कति कमजोर छ भन्ने ४८ घण्टामा देखियो, त्यो हामी नेपालीले नै देखाइयो जुन देखाउन हुँदैनथ्यो । प्रहरी, सशस्त्र, सरकार मिलेर पनि देशका धरोहर बचाउन सकिएन, सार्वजनिक सम्पत्ति बचाउन सकिएन । सरकारको भ्रष्टाचार र अकर्मण्यताको रिसले हामीले हामीलाई नै हान्याँै । दोषी चाहे जो सुकै होस् त्यो नेपाली हो, जे गुम्यो नेपालकै गुम्यो । जलेका भवनमा सेतो त पोतिएला, कुर्सी र शोफा भरिएलान् परन्तु नेपालले नेपालमाथि नै वर्षाएको त्यो निर्ममताको खटिरो कहिलेसम्म नमेटिने टाटो बनेर बस्ने हो अनिश्चित छ ।
गाडी चलाउँदा ब्रेक फेल भए पनि दोष चालकलाई नै आउँछ , ढुङ्गामा ठोकिएर पल्टे पनि दोष चालकलाई नै आउँछ । जे जति घटना भए त्यसको दोषी सरकार नै हो । सार्वजनिक जवाफदेहिता जस्तो ओजस्वि जिम्मेवारीबाट सरकार चुक्यो तर चुनेको हामीले नै थियो । हो गएको सरकार प्रस्थान बिन्दुबाट नै पथभ्रष्ट भएको हो । संसदीय व्यवस्थामा पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनु हँुदैनथ्यो । पहिलो र तेस्रो दल मिलेर सरकार बनाउन हुन्छ, दोस्रो र तेस्रो मिलेर सरकार बन्न सक्छ तर पहिलो र दोस्रो सरकारमा जाँदा विपक्ष कमजोर हुन्छ फलस्वरूप राज्यका सम्पूर्ण अवयवहरु कमजोर हुन्छन् । भयो त्यही, सरकारले कुटनैतिक मर्यादा राख्न सकेन । सरकार प्रमुखलाई म मलाम जाँदै छु कि जन्त जाँदै छु भन्नेसमेत हेक्का भएन । यो सबै रिसले भौतिक सम्पत्तिमा यस्तो निर्मम आगजनी हँुदैनथ्यो ।
सरकार बनेको वर्षौँ हुँदासम्म दर्ताबिना सबै सामाजिक सञ्जाल चलेकै थिए । यही बेलामा सरकारले सामाजिक सञ्जाल किन बन्द गर्नुप¥यो ? त्यो पनि विचारणीय प्रश्न छ । धेरैको आँकलन यसमा के छ भने सरकारले सामाजिक सञ्जालको विरोध थेग्न नसकेर यस्तो ग¥यो । यो किन बन्द गरियो राष्ट्रप्रति जिम्मेवारी एक्कासि जागेकै हो भनौँ भने पनि जनताका तमाम अति आवश्यक जल्दाबल्दा प्रश्नमा राज्य गैह्रजिम्मेवार थियो नै । सडक अलपत्र र असरल्ल थिए र छन् । कक्षा ११ र १२ पढाउने शिक्षकले कति तलब पाउँछन्, के खान्छन्, राज्यलाई थाहा थिएन । साना उद्यमी र व्यवसायीलाई कति सकस छ । राज्यले कहिल्यै खोजीनीति नगरेरै चलेको थियो । किसानका समस्या, मल बिउबिजनका समस्यामा ध्यान नदिएर सरकार बसेकै हो । सरकारी गाडीको दुरूपयोग, सरकारी सम्पत्तिको दुरूपयोग, हुँदा मौन रहेको सरकार कसरी सामाजिक सञ्जाल नियन्त्रणमा हाम फाल्न पुग्यो विचारणीय छ ।
अवस्तुनिष्ठ कामबाट सुनाम फैलाउने बानी परेपछि वास्तविक काम गर्न सकिँदैन, सानो कथा छ नि मैले बाघ मारेँभन्दा अर्कोले भनेछ यहाँ त बाघ मामाको ज्यान मात्र छ । टाउको खोई त भन्दा गफाडीले भन्थ्यो “अरे टाउको त अरू कसैले लगिसकेको थियो ।” सरकारले प्रायः एकाधबाहेक यस्तै गफ गरेकै हो । भ्रष्टाचार निर्विवाद रूपमा छचल्किएकै हो । यसबाट ९० प्रतिशत जनता सरकारको कामकाजबाट विरक्तिएको थियो । त्यसैमा केही भिजलान्तेले फेरि आआप्mना झुन्डको स्तुतिगान गरिदिनाले जनतामा नैराश्यता छाएको बेलामा सामाजिक पोर्टल बन्द गरिए । यसबाट विनाश भयो । सौताका रिसले पोइको काखमा मुत्ने प्रवृत्तिले देशलाई ठूलो क्षति भयो ।
यो विध्वंश कुनै पनि अर्थमा राम्रो भएन । यसले तात्कालिक रूपमा सम्पत्तिको क्षति भयो । त्योभन्दा पनि दीर्घकालीन रूपमा हाम्रो राष्ट्रिय छबिमा आँच पुग्यो । अन्तर्राष्ट्रिय र राष्ट्रिय लगानीको वातावरणमा गिरावट आयो । बहुपक्षीय असफलताको बिन्दुमा पुग्यो त्यो आन्दोलन । यसले पहिलो कुरा ७५ जनाको हत्याको मुख्य जिम्मेवारको पहिचान गर्न सकेन, जिम्मेवारलाई कारबाहीको पहिलो चरणमा पनि लैजान सकेन । पश्चगमनलाई पृष्ठपोषण हुने गरी ह्विम चलाइयो विदेशी हस्तक्षेप भएको आशंका सामाजिक सञ्जालभरि छताछुल्ल छ । सरकार उही माटो उही साँचोबाट इँटा बनाउने झै चुनाव गराउने रटान गरिरहेको छ ।
कुथिति र बेथिति सोलीभरि बोकेर हुने चुनावबाट देशले के पाउँछ ? फेरि पनि त उस्तै सरकार आउँछ । यत्रो क्रान्तिबाट पनि उस्तै छद्मभेषी, ऐसोआराम परस्त त्रिखुट्टे सरकार जन्माउनभन्दा केही परिवर्तन गर्न सकेमा आन्दोलनले केही उपलब्धि दियो भन्न सकिएला । अन्यथा आन्दोलन लगभग असफलताको पहरोमाथि छ । जतिबेला पनि गिरगिरिन सक्छ । पहिरोको मुखबाट आन्दोलनलाई फर्काएर सफलताको उँचाइमा पु¥याउन सकिँदैन भने सरकारले राजीनामा दिएर सक्नेलाई मौका दिनुपर्छ । जनताले यो आन्दोलनबाट कम्तीमा यो चिज प्राप्त भयो भन्ने एक चिज पनि दिन सकिँदैन भने भकारो खाली गर्नु राम्रो हुन्छ, यो आलोचना होइन । यो बेलामा बनेको सरकारले सामान्य अवस्थामा बनेको सरकारले भन्दा १० गुणा राम्रो काम गर्नुपर्छ । अन्यथा अरूलाई आलोचना मात्र गरेर हुँदैन ।
जनता बेखुस पुरानोसँग मात्र नभएर नयाँसँग पनि हुन सक्छन् । तसर्थ आफ्नो विवेक प्रयोग गरेर आन्दोलनलाई सार्थक बनाउने कोसिस गरौं ।











प्रतिक्रिया