चार घण्टापछि  सञ्चालनमा आयो  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


काठमाडौँ। 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि सञ्चालनमा एको छ। शनिवार बेलुका देखिएको प्राविधिक समस्या समाधान भएपछि विमानस्थल पुनः सञ्चालनमा आएको हो।

विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ बिग्रिएपछि चार घण्टासम्म उडान र अवतरण रोकिएका थिए। अहिले मर्मत पूरा भएसँगै विमानस्थल खुलेको विमानस्थलका प्रवक्ता रिन्जी श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार समस्या समाधान भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान क्रमशः सुचारु भइरहेको छ।