मधेश प्रदेशमा सत्ता संकटः एक महिना पनि मुख्यमन्त्री बन्न पाएनन् सोनल

4.23k
Shares

वीरगञ्ज। 

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन्  । उनले शनिवार विश्वासको मतका लागि समय लिएका थिए।  तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गर्न बाध्य हुनु भएको हो । उनले शनिवार नै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेगराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गरेकी  थिए ।

 १०७ सदस्य प्रदेश सभामा  सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए ।मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद विमला अन्सारी  अनुपस्थित भएकी थिइन् ।माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले शािबार सदनमै विद्रोह गरेका थिए ।त्यसपछि आफूले मत पाउने संकट देखेसँगै सोनलले पदबाट राजिनामा दिएका हुन् । 

सोनल यसअघि मधेशको भौतिक पूर्वाधार बिकास मन्त्री भइसकेका थिए । मधेशमा काँग्रेस र एमालेको गठबन्धनमा सरकार बनाउने प्रयास भएपनि यी दुई दललाई बाहिर राखेर सोनललाई प्रदेशको मुख्यमन्त्री बनाउने दलहरुकाबीचमा सहमति भएपनि विश्वासको मत लिने बेलामा भने भाँडिएको छ । अब मधेशमा फेरि काँग्रेस,एमालेकै गठबन्धनको सरकार बन्ने संभावना रहेको नेताहरुले बताएका छन् ।