खोटाङ ।
कात्तिक–२२, खोटाङका एक समुहले तिहारमा गर्ने खर्च कटाएर बिद्यालयका छात्र–छात्राका लागि बृहत कार्यक्रमको प्रायोजन गरिदिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दाहाल समुहले तिहारको खर्च कटाएर बिद्यार्थीहरुका लागि बिबिध कार्यक्रमको प्रायोजन गरिदिएको हो ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माबिको आयोजनामा अन्तर बिद्यालय स्तरीय सामुहिक लोक नृत्य, हाजिरीजवाफ लगायत बिभिन्न प्रतियोगिता सम्पन्न भएको छ । समुहले संकलन गरेको करिब ४० हजार रुपैंयाँ रकम लागतमा बिद्यार्थीको प्रतिभाको उजागार र उत्थान हुने प्रकारका कार्यक्रमहरु समाबेश गरिएको बिद्यालयले जनाएको छ । वडाका सबै बिद्यालय सहभागी गराईएको प्रतियोगिता तथा अन्य कार्यक्रममा बिबिध मनोरञ्जनात्मक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
शुक्रबार आयोजित सामुहिक लोक नृत्य प्रतियोगितामा जगत आधारभूत बिद्यालयको समुह प्रथम, कालिका माबि खार्मी दोश्रो र जनकल्याण आधारभूत बिद्यालय तेश्रो बनेको निर्णायक समुहका सोनाम राईले बताउनुभयो । कालिका माबिको प्राङ्गणमा आयोजित प्रतियोगितामा पार्बती आबि र जालपा आबिले सान्तवना स्थान हात पारेका छन् । प्रथम, दोश्रो, तेश्रो र सान्तवना हुने समुहले क्रमशः नगद ६ हजार, ४ हजार, दुई हजार र ६÷६ सय रुपैंयाँ प्राप्त गरेका छन् ।
यस्तै, हाजिरीजवाफ प्रतियोगितातर्फ कालिका माबि(ख) प्रथम, कालिका माबि(क) दोश्रो र जालपा आधारभूत बिद्यालय तेश्रो बनेको निर्णायक समुहका राईको भनाई छ । उल्लेख गर्नुभएको छ । पहिलो, दोश्रो र तेश्रो हुने समुहले क्रमशः नगद ३ हजार, २ हजार र १ हजार रुपैंयाँ नगद प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी सबै छात्र÷छात्रालाई स्टेशनरी समेत बितरण गरिएको छ ।
सोती दाहाल समुहले प्रायोजन गरेको बृहत कार्यक्रममा एकल गायन, स्मरण खेल, हिसाब दौड, निबन्ध लेखन, बेलुन फुटाई, हण्डिफोर लगायतका प्रतियोगिता समेटिएको थियो ।
तिहार खर्च कटाएर स्वेच्छाले संकलन गरेको रकमबाट खार्मीभरका बिद्यार्थीका हितमा खर्च गरेको दाहाल समुहको भनाई छ । बिद्यालयका बालबालिकाको प्रतिभा उजागार गराउँदै अतिरिक्त क्षमता अभिबृद्दिका लागि तिहार खर्च कटाएको कालिका माबिका शिक्षक तथा दाहाल समुहमा आबद्द दिपेन्द्र दाहालले जनाउनुभएको छ ।
कार्यक्रममा बिभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी, अभिभाबक, जेष्ठ नागरिक, समाजसेवी, शिक्षाप्रेमी लगायतको उपस्थिती थियो ।












प्रतिक्रिया