काठमाडौं ।
बागलुङको ढोरपाटन नगरपालिका–९ मा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।शुक्रबार राति करिब १० बजे बुर्तिवाङबाट ढोरपाटन जाँदै गरेको ग–३–च ३८१९ नम्बरको पिकअप जिप ढोरपाटन नगरपालिका–८ र ९ को सिमाना च्वावीरमा सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको हो।
दुर्घटनामा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।घाइतेमध्ये ढोरपाटन–९ का २७ वर्षीय चालक दिलबहादुर विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ भने वडा–७ का २४ वर्षीय वसन्त अदै उपचारपछि घर फर्किएका छन्।
प्रहरीका अनुसार राति दुर्घटना भएपछि तुरुन्तै उद्धार कार्य सम्पन्न गरी घाइतेहरूलाई अस्पताल पठाइएको थियो।











प्रतिक्रिया