काठमाडौं ।
प्रतिनिधि सभा विघटनपछि हाल राष्ट्रिय सभामा ५ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। जेन–जी आन्दोलनपश्चात गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरेपछि संघीय संसदमा रहेका ३० वटा विधेयक निष्क्रिय भएका थिए।
राष्ट्रिय सभा र प्रतिनिधि सभामा उत्पत्ति भएका ती विधेयक निष्क्रिय भए पनि हाल राष्ट्रिय सभामा उत्पत्ति भएका ५ विधेयक भने विचाराधीन अवस्थामा रहेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सचिव मनोजकुमार गिरीले जानकारी दिनुभएको छ।











प्रतिक्रिया