त्रिविमा निर्माणाधीन भवनमा विद्यार्थी नेताहरूले अवरोध, व्यवसायीको चेतावनी


काठमाडौं ।

त्रिभूवन विश्वविद्यालयमा निर्माणाधीन चमेना गृह भवनको काममा विद्यार्थी नेताहरूले विभिन्न बहानामा अवरोध गर्ने गरेको आरोप निर्माण व्यवसायीहरूले लगाएका छन्।

व्यवसायी समन महर्जनका अनुसार, ठेक्का निर्णय प्रक्रियामा विद्यार्थी संगठनका प्रतिनिधिहरू सहभागी भए पनि काम सुरु भएपछि उनीहरू नै निर्माण रोक्ने र दबाब दिने गरेका छन्।

व्यवसायीहरूले आगामी दिनमा यस्ता गतिविधि भए मौन नबस्ने चेतावनी दिएका छन्।