काठमाडौं ।
रूसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार एक निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। क्षेत्रीय स्वास्थ्य मन्त्रालयका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा उपचाररत तीनमध्ये एक जनाको पनि मृत्यु भएको हो।
दागेस्तानका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले अस्पतालमा घाइतेहरूलाई भेटेका छन्। तीमध्ये एकजनाको अवस्था गम्भीर र अर्कोको मध्यम रहेको बताइएको छ।
दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरमा सात जना सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।











प्रतिक्रिया