काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत आपूर्ति बन्द


काठमाडौं ।

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज बिहान तीन घण्टाका लागि विद्युत आपूर्ति बन्द गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार स्युटाचार टेकु १३२ केभी लाइनको बुसबार कनेक्सनका कारण बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत बन्द गरिएको हो ।

यस अवधीमा रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तर्गतका कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा क्षेत्रका फिडरमा आपूर्ति रोकिएको प्राधिकरणले जनाएको छ ।