जेन-जी मा उठेका मागहरू सम्बोधन हुन जरूरी छ । नयाँ पुस्तालाई प्रोत्साहन गर्न मेरो दृढ बिश्वास छ । त्यसैले अहिलेको युगलाई अपमानित नगरौ आपसी सम्झदारी संगै अगाडि बढौं । जसरी अहिले राष्ट्र संकटको घडीमा गुर्जी रहेको छ ।
काठमाडौ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंहले कार्तिक २१ गते नेपाली काँग्रेसको केन्द्रीय समिति बैठ्कमा आफ्नो धारणा लिपीबद्ध राख्नु भएको छ । बझाङ जिल्ला बाट पुर्व प्रतिनिधि सभा निर्वाचन भई संघिय सरकारको मन्त्री भैसकेका केन्द्रीय सदस्य सिंह पार्टी सभापति सेर बहादुर देउवाका एकदमै नजिक र विश्वासिला पात्र हुन् ।

भदौ २३र२४ गते देशमा भएको बिधंसकारी घटना भए पछि राजनीतिक दल माथि ठुलै प्रहार भयो । अहिले देशलाई निकास दिनको लागि राजनीतिक दल पार्टी भित्र एक किसिमको समय अनुसारको सम्झदारी र बिश्वास जित्न लागेका छन् । केन्द्रीय समितिको बैठ्का बोल्दै केन्द्रीय सदस्य सिंहले यस्तो साझा धारणा राखेका थिए । आदरणीय सभापति ज्यु,कार्यवाहक सभापति तपाईलाई बधाई छ । तपाईं पूर्णरूपमा सफल हुनुहोस् शुभकामना । तपाईं मेरो समकालीन हो । केन्द्रीय पदाधिकारी ज्युहरू तथा पूर्व पदाधिकारी ज्युहरू। केन्द्रीय सदस्य मेरो साथीहरूमा जयनेपाल
सर्व प्रथम म हाम्रो आदरणीय सभापति श्री सेर बहादुर देउवा र उहाँकी धर्मपत्नी डा।आर्जुराणा देउवा माथि संगठित आक्रमण र अमानवीय ब्यावहार तथा घरमा गरिएको आगजनी तोडफोरको घोरनिन्द्रा र भत्सना गर्न चाहन्छु साथै सिंगापुरमा उपचाररार्थ उहाँहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । यस्तै हाम्रो नेता र अन्य नेताहरूको घरमा भएको आगजनी तथा तोडफोडको घोर निन्दा गर्दछु । त्यस्तै जेन-जी मा उठेका मागहरू सम्बोधन हुन जरूरी छ । नयाँ पुस्तालाई प्रोत्साहन गर्न मेरो दृढ बिश्वास रहेको छ । त्यसैले अहिलेको युगलाई अपमानित नगरौ आपसी सम्झदारी संग अगाडि बढौं । जसरी अहिले राष्ट्र संकटको घडीमा गुर्जी रहेको छ ।
त्यस्तै हाम्रो पार्टी नेपाली काँग्रेसमा पनि त्यस्तै प्रकारको संकट आईरहेको छ । हामीले संयम् र आपसमा सामुहिक एकता कायम गरेर अगाडिको बाटो तय गर्न आवश्यक छू । देशलाई संवैधानिक बाटोमा फर्काउनु पनि नेपाली काँग्रेसको मुल जिम्मेवारी काँधमा आईरहेको छ ।अहिले विभिन्न दलहरू फुट्ने-फुटाउने र जुट्ने अबस्थामा ब्यस्त छन् ।बिदेशीहरूको चलखेल बढिरहेको छ । हाम्रो पार्टीमा पनि बिदेशिहरूले चलखेल नगर्लान् भन्न पनि सकिँदैन । तसर्थ पार्टी भित्रको एकता सहकार्य र सामुहिक निर्णय अहिलेको आवश्यकता हो।
महाधिवेशन र विशेष महाधिवेशन भोरूरटूहुदैन् । दुबै पक्षले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा हामी संगै जान सक्छौ तरु तसर्थ महाधिवेशन बारे साथीहरूले राखेका चासो हस्तक्षेप भन्न मिल्दैन । यसलाई शोभाविकरूपमा मिलेर समाधानको बाटो पहिल्याउनु पर्छ । पार्टी भित्रको एकता र सहमति बिना फागुन २१ गते हुने निर्वाचन अधि महाधिवेशन सम्मपन्न हुने अवस्था भने मैले देखेको छैन् ।
तर्सथ हामीले मध्यमार्गी बाटो अपनाउन जरूरी छ । अब म भन्छु फागुन २१ गते हुने निर्वाचन अघि सहमतिकै पाटो पईल्याउनु पर्छ । फागुन २१ गते हुने निर्वाचन सम्भव छैन भने,चैत-बैशाखमा पार्टीको महाधिवेशन गर्नु पर्छ । यदि कुनै पनि हालतमा निर्वाचन हुन सक्दैन भने चैत या बैशाखमा गर्नु पर्छ । हैन भने हामीले त्यो भन्दा तल उपयुक्त समय पुस,माघ,फागुनमा होस्। यसमा सहमति जनाएर अगाडि बढ्नु पर्छ । कार्यतालिका बाहिर ल्याउनु पर्छ ।
मेरो धारणा म जुनसुकै परिस्थितिमा पनि अगाडि बढ्न सक्दछु तर जेन-जीको माग अनुसार अगाडि बढ्नु पर्छू। मैले नेपाली काँग्रेसको गोदावरीमा भएको महासमिति बैठ्कमा काँग्रेसले हिन्दु राष्ट्र घोषणाका लागि ७५५हस्ताक्षर गरेर बुझाएका छौं काँग्रेसले यसको छलफल र समाधान गर्नु पर्छ । केन्द्र सदस्य शंकर भण्डारीले गरेका एजेन्डा अगाडि बढाउनु पर्छ ।
अब राष्ट्र राष्ट्रियता र पार्टी दु:ख मापरेको समयमा युवा र अनुभवी नेता सबै एक जुट हुन आवश्यक छ ।











प्रतिक्रिया