काठमाडौँ ।
देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहँदा बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र ती प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना छ। आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।











प्रतिक्रिया