काठमाडौँ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र प्रधान सेनापति अशोक राज सिग्देलले प्राड विवाक जर्नल २०८२ को संयुक्त रूपमा विमोचन गरेका छन् ।
नेपाली सेनाको प्राड विवाक स्थापनाको ६३ औं वार्षिकोत्सवको अवसरमा आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उनीहरुले जर्नल विमोचन गरेका हुन्।

कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिने सैनिक विशेष अदालतका पूर्व सदस्य तथा पूर्व रक्षा सचिव रामेश्वर दंगाल (हाल गृह सचिव ) लाई सम्मानित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा न्यायाधीशहरू, नेपाल सरकारका सचिवज्यूहरू, नेपाली सेनाका रथीवृन्द एवं अधिकृतहरूको उपस्थिति थियो











प्रतिक्रिया