काठमाडौं ।
सहकारी ठगी मुद्दामा फरार रहेका एक थुनुवा काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो करिब ३ः३० बजे काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित जेपी स्कुल नजिकैबाट सिन्धुली जिल्ला , दुधौली नगरपालिका–७ घर भई हाल ललितपुर बसोबास गर्दै आएका ५४ वर्षीय ज्ञानबहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीमाथि जिल्ला प्रहरी परिसर भद्रकालीमा दर्ता रहेको सहकारी ठगी मुद्दामा म्याद थप भई राखिएको अवस्थामा फरार रहेका थिए ।
बम्जनलाई वृत लैनचौरबाट प्र.ना.उ जागेश्वर भण्डारीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि वृत लैनचौरमा राखिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया