राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत जनकपुरधाममा औषधि वितरण


काठमाडौँ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम–२०८२ अन्तर्गत जनकपुरधाममा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल ट्याबलेट) खुवाउने अभियान सुरु गरिएको छ। बिहीबार बिन्धी स्वास्थ्य चौकी र निर्देशनालयका स्वास्थ्यकर्मीहरूले बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै कार्यक्रम शुभारम्भ गरेका थिए।

जनकपुरधाम–२३ का वडा अध्यक्ष राघवेन्द्र प्रसाद साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि निर्देशक सरोज चन्द्र न्यौपाने, विशिष्ट अतिथि स्वास्थ्य कार्यालय प्रमुख उमेश कुमार यादव र पोषण फोकल पर्सन विनोद यादव रहेका थिए।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम बिहीबार र शुक्रबार देशव्यापी रूपमा सञ्चालन भइरहेको छ। यस अभियानबाट लाखौँ बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ।