सवारी दुर्घटनामा परी ६ जना घाइते

2.91k
Shares

उदयपुर। 

 उदयपुर जिल्लाको विभिन्न स्थानहरुमा भएका सवारी दुर्घटनामा परेर एकै दिन ६ जना घाइते भएका छन् ।

शुक्रवार बिहान ०९ः१० बजे त्रियुगा नगरपालिका वडा नं ०९ कालिखोला स्थित मदनभण्डारी राजमार्गमा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको स ५ प ४०४१ नंको  स्कुटर र बिपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२(०१९ प १५३७ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

घाइते भएका मोटरसाइकल चालक रौतामाई गा.पा. वडा नं ०७ मुर्कुची बस्ने बर्ष  २२ को सुरेन्द्र पुलामी मगर, मोटरसाईकलमै सवार निजकै आमा बर्ष ४३ की दिल कुमारी मगर र स्कुटर चालक त्रियुगा न.पा.वडा नं १२ शनि मन्दिर बस्ने वर्ष २६ को ईमन कार्कीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात् विराटनगर स्थित सुविधा सम्पन्न अस्पतालहरुमा थप उपचारको लागि लगिएको जिल्ला प्ररी कार्यालय उदयपुरले जनाएको छ ।

 त्यसैगरी शुक्रवार नै ११ः०० बजे रौतामाई गा पा वडा नं ०७ घट्टाबाट मुर्कुचीतर्फ जाँदै गरेको बा ४० प ८२५२ नं को मोटरसाईकलले पैदल यात्री सोही स्थान बस्ने वर्ष अ ८२ को नारायण बहादुर कार्कीलाई ठक्कर दिई घाइते भई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात् विराटनगर स्थित आर्या न्युरो अस्पतालमा थप उपचारको लागि लगिएको छ ।

  त्यसरी आजै १२ः०० बजे त्रियुगा न।पा। वडा नं १० आँखा अस्पताल नजिक मदन भण्डारी लोकमार्गमा मुर्कुचीबाट बोक्सेतर्फ आउँदै गरेको नेपाली सेना (पशुपति प्रसाद गण) बोक्से उदयपुर को टुट्न गाडी र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला झापा कमल गा.पा.वडा नं ०५ बस्ने वर्ष  ३७ को गोपाल बहादुर सार्की घाइते भई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात् थप उपचारको लागि विराटनगर स्थित आर्या न्युरो अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

  त्यस्तै शुक्रवार नै १४ः०० बजे त्रियुगा न.पा. वडा नं १० बोक्से चोक नजिक करमगाछीबाट गाईघाटतर्फ जाँदै गरेको मो.सा. ले बाटो क्रस गर्दै गरेका पैदल यात्री जिल्ला खोटाङ दिप्रुङ चुइचुम्मा गापा वडा नं ७ टेम्मा घर भइ हाल त्रियुगा न.पा. वडा नं १० बोक्से बस्ने रत्न बहादुर राईको छोरा वर्ष १६ को सुमन राईलाई ठक्कर दिँई घाइते भई जिल्ला अस्पताल उदयपुरमा उपचार पश्चात् डिस्चार्ज भएका छन् । दुर्घटनामा संलग्न मोटरसाइकल र चालक तत्काल फरार रहेकोले खोजतलासको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।