काठमाडौं ।
जेन–जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको हतियारसहित थप एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति कैलाली टिकापुर नगरपालिका–१ दुर्गौलीका २१ वर्षीय मनोज ढुंगाना हुन्।
उनी हाल काठमाडौं महानगरपालिका–३२, सहयोगीनगर बस्दै आएका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ढुंगानाको साथबाट ११००६०८१ नम्बरको ANTI RIOT हतियार बरामद गरिएको छ। सो हतियार जेन–जी आन्दोलनका क्रममा प्रहरीमाथि भएको आक्रमणका बेला लुटिएको हो।
यसअघि पनि आन्दोलनका क्रममा लुटिएका विभिन्न हतियारसहित केही व्यक्तिहरू पक्राउ परिसकेका छन्। प्रहरीले आन्दोलनका क्रममा लुटिएका अन्य हतियार र संलग्न व्यक्तिहरूको खोजी अझै जारी रहेको जनाएको छ।











प्रतिक्रिया