जीपको ठक्करबाट एक जनाको मृत्यु


लमजुङ।

क्व्होलासोथर गाउँपालिका-१ बाग्लुङपानीस्थित सडकमा ग.१ ज ६३०६ नम्बरको बलेरो जीपको ठक्करबाट सोही ठाउँ बस्ने कृति तामाङकी छोरी २ वर्षीया नेरिमा तामाङको शुक्रबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल लमजुङमा उपचारको क्रमममा मृत्यु भएको हो ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।