फरार कैदी प्रकाश पाँचकोटी पक्राउ


काठमाडौं ।

जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका एक कैदी पक्राउ परेका छन्।
उक्त आन्दोलनका बेला जेलमै ज्यान मुद्दा (ज.ज.क) मा थुनामा रहेका संखुवासभा धर्मदेवी नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका बुढानिलकण्ठ–१०, मिलनचोक बस्दै आएका ६० वर्षीय प्रकाश पाँचकोटी पक्राउ परेका हुन्।

काठमाडौं प्रहरी परिसरका अनुसार पाँचकोटीलाई शुक्रबार बिहान करिब ७ बजे कपन मिलनचोकस्थित घरबाट पक्राउ गरी केन्द्रीय कारागार पठाइएको हो।

पाँचकोटी २०८२ साल जेठ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट अन्य कैदीहरूसँगै फरार भएका थिए। उनलाई कपन प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि पुनः कारागारमा पठाइएको हो।