उदयपुर ।
बाटोमा अचेत भएर बेवारिसे अवस्थामा फेला परेका एक अधबैसे पुरुषको प्रहरीले उद्धार गरेर उपचारकालागि अस्पताल लगेकोमा उपचार गर्दा गर्दै निधन भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ राजावास स्थित मदनभण्डारी लोकमार्गको शाहीखोला पुल नजिक फेला परेको करिब ५५ वर्षको घाइते पुरुषको उदयपुर जिल्ला अस्पतालमा उपचार हुँदा हुँदैको अवस्थामा विहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार यही कार्तिक १० गते सोमबारका दिन साँझ साढेसात बजे मदन भण्डारी लोकमार्गाको शाही खोलामा अचेत अवस्थामा फेला पारेको र तत्कालै निजलाई उपचारकालागि जिल्ला अस्पताल लगिएको थियो ।
निजको लाश जिल्ला अस्पताल उदयपुरको शव गृहमा राखी क्इऋइ सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान तथा लाशको पहिचानको कार्य भईरहेकोमा हालसम्म पहिचान हुन सकेको छैन । निजको हुलिया वर्ष अ। ५०, ५५ को पुरुष मानिस, खैरो कलरको भेष्ट, निलो कलरको हाप पाईन्ट लगाएको, पहाडे मुलको जस्तो देखिने, मंगोलियन अनुहार भएको वर्ण गहु गोरो रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मिति २०८२।०७।१० गते साझँको ०७:३० बजे त्रियुगा न.पा.वडा नं ०८ शाहीखोला पुल स्थित मदनभण्डारी लोकमार्ग छेउमा पुरुष मानिस बाटोमा अचेत अबस्थामा रहेको भन्ने खबर प्राप्त भए पश्चात तत्काल प्रहरी टोली खटिई गई निजलाई उपचारको लागि जिल्ला अस्पताल ल्याईएकोमा सोही दिन साझँको ०८:०१ बजे चिकित्सकले उपचारको क्रममा मृत्यु भएको घोषणा गरेका हुन् ।
निजको लाश जिल्ला अस्पताल उदयपुरको शव गृहमा राखी क्इऋइ सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान तथा लाशको पहिचानको कार्य भईरहेकोमा हालसम्म पहिचान हुन सकेको छैन् ।
निजको हुलिया वर्ष अ। ५०र५५ को पुरुष मानिस, खैरो कलरको भेष्ट, निलो कलरको हाप पाईन्ट लगाएको, पहाडे मुलको जस्तो देखिने, मंगोलियन अनुहार भएको वर्ण गहु गोरो रहेको छ ।











प्रतिक्रिया