काठमाडौं ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर टोलकी झाडापखाला पीडित बचुन सदालाई सशस्त्र प्रहरी बल, नेपालले २६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।
उक्त रकम छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव र वडा नं. ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थितिमा सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपानेले कार्तिक २० गते हस्तान्तरण गर्नुभएको हो।
दोलखा जिल्लाका रोज गोलेको समन्वयमा शहरेका समाजसेवी साड्यो योन्जन र उनकी श्रीमती निमा मोक्तानले उक्त रकम सहयोग गरेका हुन्। उनीहरू यसअघि पनि विपन्न विद्यार्थी, मानवसेवा आश्रम र विद्यालयका विभिन्न कार्यक्रमहरूमा सहयोग गर्दै आएका छन्।
करीब दुई हप्तादेखि फैलिएको झाडापखालाको कारण बचुन सदाका ६६ वर्षीया पिता, चार वर्षीया छोरी र एक वर्षका छोरा गरी तीन जनाको ज्यान गएको थियो।
(शैलेन्द्र थापा)
सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सह-प्रवक्ता











प्रतिक्रिया