देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।