काठमाडौं ।
Gen-Z आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका एक कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत मालिगाँउको टोलीले काभ्रेपलाञ्चोकको भुम्लुङ गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–०५, बौद्ध बस्ने २२ वर्षीय विनय तामाङलाई पक्राउ गरेको हो।
उनी गत भदौ २३ र २४ गतेको Gen-Z समूहको आन्दोलनका बीचमा जगन्नाथदेवल कारागारबाट फरार भएका थिए। प्रहरीका अनुसार तामाङलाई २०८२ साल कार्तिक २० गते साँझ ४ः४५ बजे कालोपुल क्षेत्रबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। प्रहरी वृत मालिगाँउका प्रमुखले जनाएअनुसार पक्राउ परेका तामाङलाई हाल वृतको नियन्त्रणमा राखी आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।











प्रतिक्रिया