काठमाडौं ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार दिउँसो तीन घरबाट करिब ५३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित यादब प्रसाद पन्थीको घरबाट सुन, चाँदीका गरगहना लगायत करिब २६ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।
त्यस्तै, कीर्तिपुर नगरपालिका–१ चाँदनीचोकस्थित विकाश श्रेष्ठको डेराबाट नगद र सुनका गरगहना गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित गजेन्द्र प्रधानको घरबाट पनि नगद, सुन र चाँदीका गरगहना गरी करिब १८ लाख ३८ हजार ८ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न हाल फरार व्यक्तिहरूको खोजीकार्य जारी राखेको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।











प्रतिक्रिया