विद्युत सर्टबाट दुई स्थानमा आगलागी, करिब ११ लाख ५० हजार क्षति


काठमाडौं ।

रूपन्देही र रौतहटमा बुधबार विद्युत सर्टका कारण दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ११ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। रूपन्देहीको सियारी गाउँपालिका–१ हाटिअमुवास्थित लक्ष्मी हार्डवेयर प्रालिमा लागेको आगोले करिब १० लाख रूपैयाँको क्षति पुर्‍याएको हो।

त्यस्तै, रौतहटको परोहा नगरपालिका–४ पोखरीया टोलमा इसराफुल मियाको घरमा लागेको आगोले करिब १ लाख ५० हजार रूपैयाँको क्षति गरेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।