देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला


काठमाडौं ।

देशका विभिन्न स्थानमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मोरङको मिक्लाजुङ गाउँपालिका–६ कत्लेस्थित सडकछेउमा उर्लाबारी नगरपालिका–१ बस्ने ४२ वर्षीय मन कुमार तामाङ बुधबार मृत अवस्थामा भेटिएका छन्। त्यस्तै, मोरङकै ग्रामथान गाउँपालिका–७ साधुटोलस्थित पैनीमा धनपालथान गाउँपालिका–५ बस्ने ५६ वर्षीय दुर्गा प्रसाद खवास बिहीबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी बाँके खजुरा गाउँपालिका–२ एल गाउँस्थित आफ्नै घरमा २८ वर्षीय लोग बहादुर सुनार बुधबार मृत अवस्थामा भेटिएका छन्। इलाम देउमाई नगरपालिका–७ सिउरेनीस्थित माईखोलाको किनारमा माई नगरपालिका–९ बस्ने ५० वर्षीय अर्जुन मगर पनि बुधबार मृत अवस्थामा फेला परेका हुन्।

संबन्धित सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।