तारकेश्वरबाट विभिन्न हतियारसहित एक युवक पक्राउ


काठमाडौं ।

तारकेश्वर नगरपालिका–११ मनमैजु लोकतान्त्रिक चोकस्थित डेराबाट प्रहरीले विभिन्न हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ घर भई हाल मनमैजु बस्दै आएका २३ वर्षीय शिवराज धमला रहेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धमलाको कोठा तलासी गर्दा ईन्सास राइफल १ थान, सर्टगन १ थान, ठूलो चाइनिज पेस्तोल १ थान, एसएलआर राइफलका २०५ ब्ल्याङ्क राउन्ड, ईन्सास राइफलका १६ म्याग्जिन र ठूलो चाइनिज पेस्तोलका २ म्याग्जिन बरामद गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका धमलामाथि आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।