काठमाडौं ।
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ३५ वर्षीया कुमारी तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
तामाङले युके पठाइदिन्छु भन्दै दुई जनाबाट ६ लाख ७२ हजार २ सय रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
प्रहरीले उनलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।











प्रतिक्रिया