देशभर १२ जना लागूऔषधसहित पक्राउ


काठमाडौं ।

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन्। काठमाडौंको टोखा, गोकर्णेश्वर, मोरङ, सिराहा र कैलालीका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको अपरेसनमा उनीहरू पक्राउ परेका हुन्।

टोखाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जना, गोकर्णेश्वरबाट फेनारगन, डाइजेपाम र नोर्फिन एम्पुलसहित १ जना, कैलालीबाट ब्राउनसुगरसहित १ जना, मोरङबाट गाँजा र ब्राउनसुगरसहित ३ जना तथा सिराहाबाट ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन्।

पक्राउ परेकासँग खैरो हेरोइन, ब्राउनसुगर, गाँजा र विभिन्न इन्जेक्सनजस्ता लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। हाल सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।