बागमती प्रदेशका मुख्यमन्त्री बनियाँको प्रमुख अतिथ्यतामा २५८ औँ ऐतिहासिक सिन्धुलीगढी विजय उत्सव मनाइने

2.35k
Shares

सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिकाले २५८ औँ ऐतिहासिक सिन्धुलीगढी विजय उत्सव भव्य समारोहका बिच मनाउने भएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा २५८ औँ ऐतिहासिक सिन्धुलीगढी विजय उत्सव मनाईने नगरपालिकाले जनाएको छ ।

आज कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले पत्रकारहरुसँगको भेटका क्रममा मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा विजयोत्सव मनाईने तयारी भइरहेको जानकारी गराउनुभएको हो ।

कमलामाई नगरपालिकाको आयोजनामा हरेक बर्ष कार्तिक २४ गतेका दिन सिन्धुलीगढीमा विजयी उत्सव मनाईने गरिन्छ । नेपाल पत्रकार महासंघले २०६७ सालदेखि मनाउन सुरु गरेको विजय उत्सव स्थानीय तह कायम भइसकेपछि कमलामाई नगरपालिकाले निरन्तर रुपमा मनाउदै आएको छ ।

बिं.सं. १८२४ मा सिन्धुलीगढीमा भएको युद्धमा गोर्खाली सेनाले ईष्टईण्यिा कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई पराजित गरेको थियो ।

सोही ऐतिहासिक बिरासतको स्मरण स्वरुप प्रत्येक वर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउने परम्परा रहिआएको छ । पछिल्लो समय देशकै नमुनाको रुपमा सिन्धुलीगढी युद्ध संग्रालय, रानी दरवार लगाएतका संरचना निर्माण गरी गढीको संरक्षण र प्रवद्र्धन हुदै गएपछि पर्यटकहरु घुम्न आउनेक्रम बढेको छ ।