काठमाडौं ।
स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६–० र ६–० तथा शिभालीले साल्भी शेरचनलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे ।
पुरुष सिंगल्समा प्रदीप खड्काले देवाशिष रेउलेलाई ६–० र ६–१, आयुशमान हजुर घलेलाई ६–२ र ६–१, छेवाङ लामाले निश्चल कायश्थलाई ७–५ र ६–४, राजवीर प्रधानले सर्वेश खनाललाई ६–० र ६–१, प्रणव मानन्धरले विपुल अधिकारीलाई ६–० र ६–२, सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६–४ र ६–४, निशान श्रेष्ठले असभसम्राट हाडालाई ६–० र ६–० तथा निहालजंग बहादुर थापाले सन्तोष खत्रीलाई ६–४ र ६–३ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।











प्रतिक्रिया