वीरगंजमा पार्किङ गरिएको बसमा आगलागी, ६५ लाखको क्षति


काठमाडौं ।

वीरगंज महानगरपालिका–१६ स्थित बसपार्कमा पार्किङ गरी राखिएको ना।५ ख २८६१ नम्बरको बसमा मंगलबार राति अचानक आगलागी भएको छ।

आगलागीमा बस पूर्णरूपमा जलेर करिब ६५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै प्रहरी टोलीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको छ।