काठमाडौं ।
देशका विभिन्न स्थानबाट प्रहरीले मंगलबार पाँच जना व्यक्तिलाई विभिन्न अवैध लागूऔषध सहित पक्राउ गरेको छ।
सिराहाको गोलबजार नगरपालिका–८ बाट रूपेश सिंहलाई खैरो हेरोइन जस्तो देखिने २ ग्राम १ सय ३० मिलिग्राम सहित नियन्त्रणमा लिइएको छ। झापाको भद्रपुर नगरपालिका–५ बाट भारतबाट नेपालतर्फ आउँदै गरेका राजु माझी ७ ग्राम २ सय ६० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन्।
कास्कीको पोखरा महानगरपालिका–१० बाट पारस चन्द्र पुन र अनिष थापा ब्राउनसुगर २ ग्राम ८० मिलिग्राम र नगद ७२ हजार रुपैयाँ सहित पक्राउ परेका हुन्। त्यस्तै, चितवनको खैरहनी नगरपालिका–९ बाट सुजन मिजार ट्रामाडोल ५६ ट्याब्लेट सहित पक्राउ परेका छन्।
सबै घटनाबारे सम्बन्धित प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया