काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको हितका लागि नियमित महाधिवेशन अपरिहार्य रहेको बताएका छन्। उनले विशेष अधिवेशनको हतारोले पार्टीमा सुधारभन्दा अस्थिरता निम्त्याउने बताएका छन्।
डा. कोइरालाका अनुसार महाधिवेशन केवल सभापति फेर्ने मेला होइन, यो पार्टीको आत्मा हो—नेतृत्व र सोच फेर्ने प्रक्रिया हो। उनले लोकतन्त्रको सम्मानका लागि विधानअनुसारको नियमितता आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्ता, विशेष गरी जेन-ज़ेडलाई पार्टीमा जोड्ने सर्वोत्तम माध्यम नियमित महाधिवेशन नै भएको बताए।
उनका भनाइमा, विशेष अधिवेशनले पात्र मात्र बदल्छ, सोच र प्रणाली होइन। “शर्टकट” बाट क्षणिक लाभ भए पनि संगठनमा दीर्घकालीन नकारात्मक असर पर्ने उनको भनाइ छ।
डा. कोइरालाले मंसिरभित्र नियमित महाधिवेशन सम्पन्न गरी कांग्रेसलाई नयाँ ऊर्जा र दिशा दिनुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार, “टाउको मात्र फेरेर पार्टी चोखो हुँदैन, सिस्टम र सोच फेर्दा मात्रै कांग्रेस बलियो बन्छ।”












प्रतिक्रिया