बाजुरा ।
बडिमालिका नगरपालिका वडान ७ चुथीका १० वर्षे वालक योगेश जोशी लडेर हात भाँचिएको ६ वर्ष भयो । हात बाँगो थियो । आर्थिक अभावले गर्दा उनका वुवा नवराज जैशीले छोराकोे समयमा उपचार गराउन सकेनन्। हात पुरै बाँगो भएको थियो ।

बाँगो हातका कारण कापी किताव समाउन लेख्न पनि अप्ठेरो भएको थियो । जव जिल्ला असपताल मार्तडीमा हाड जोर्नीको निशुल्क उपचार हुने भन्ने खवर स्थानीय रेडियोमा सुने गाउँबाट आएर सोमवार चेक जाँच गराए । दोस्रो दिन अर्थात मंगलवार विहान हातको निशुल्क सल्यक्रिया गरिदिदा छोराको नयाँ जीवन पाएको महशुस गरे। मेरो आर्थिक स्थितीले काठमाण्डौं गएर तिन चार लाख रुपैंया खर्च गरी उपचार गराउन सक्ने क्षेमता थिएन । जिल्लामै सञ्चालन भएको शिविरले आफुलाई वरदानस्वरुप भयो नवराजले भने ।
त्यसैगरी स्वामिकार्तिक खापर गाउँपालिका वडा नं ५ जेराकी मिशना विकको हात पोलिदा दुई वर्षदेखि औंला जोडिएका थिए । काठमाण्डौं आउनजान उपचार गराउन कम्तिमा चार लाख रुपैंया खर्च हुन्थ्यो खर्च जुटाउन नसकेर छोरीको उपचार गराउन सकेको थिएन। जिल्लामै निशुल्क सल्यक्रिया हुंदा छोरीको हात पनि बन्यो ऋणपनि लागेन निशानीका बुवा धनकृष्न वि कले भने ।
सोमबार दिउसो बनमा गोरु लड्दा छुट्याउने क्रममा बडिमालिका नगरपािलका वडा नं सात की तुल्सी पाध्यायको खुट्टा भाचियो। उनका पति हरिचन्द्र पाध्यायले सोमबार रातीनै जिल्ला अस्पताल मार्तडीमा भर्ना गरे । विहान विशेषज्ञे डाक्टरले चेक जाँच गर्दा खुट्टा भाँचिएको बताए । डाक्टरले भने सम्भव भए आजै नभए भोलि सम्म तपाइको खुट्टाको अप्रेसन गरिदिउँला नआत्तिनुस् । श्रीमतीको अप्रेसन जिल्लामै त्यो पनि निशुल्क हुने सुनेपछि आफू चर्को ऋणबाट बचेको उनका श्रीमान् हरिचन्द्र पाध्याल बताए ।
विशेषगरी बाजुराका दुःखी गरिव मध्यम वर्गका नागरिकको आर्थिक तथा सामाजिक अवस्थालार्य मध्यनजर गरी ठूलो प्रयासले हाडजोर्नी सम्बन्धी निशुसुल्क शिविर सञ्चालन गरेका छौं, जिल्ला असपताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले भन्नुभयो । शिविर सञ्चालन भएको पहिलो दिनमै २१ जनाको सल्यक्रिया (अप्रेशन) गरिएको छ। ५ सय वढि विरामीले ओ.पि.डि सेवा लिएका छन् । १५ सय बढिले पुर्जी कटेका छन् डाक्टर यादवले भने । विशेषगरी हात खुट्टा बाँगिएका, फ्याक्चर भएका, दुर्घटनामा परी हाडजोर्नी खुस्कीएका ,हात खोट्टामा गाँठो परेकाहरुको उपचार भैरहेको छ कार्यालय प्रमुख डाक्टर यादवले भने । ३१ गते सम्म तिन हजार बढि ले निशुल्क सेवा लिन सक्ने अनुमान छ डाक्टर यादवको भनाई छ ।
जिल्ला असपताल बाजुरामा सञ्चालित निशुल्क हाड जोर्नी सम्बन्धबाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओ.पि.डी शिविर सञ्चालन गरिएको छ । कार्तिक १७ देखि २१ गतेसम्म सञ्चालन हुने उक्त शिविर आईतवारबाट सुरु भएको हो। रोटरी क्लव काठमाण्डौंको , नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटीको प्राविधिक सहयोग , मेड सोलुसन फाउन्डेशन स्वीटजर ल्यान्डको आर्थिक सहयोग तथा ,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको समन्वयमा शिविर सञ्चालन गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।











प्रतिक्रिया