दुई मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जनाको ट्रकले च्यापिएर मृत्यु

9.02k
Shares

धादिङ । 

धादिङकाे थक्रे गाउँ पालिका वडा नम्बर ७ काे सातकिलामा साेमबार साँझ दुइओटा मोटरसाइकल एक आपसमा ठोक्किएर लड्दा एउटा माेटरसाइकलमा सवार व्यक्ति ट्रकले च्यापिएर मृत्यु भएको छ । 

काठमाडौँबाट  महादेववेशी तर्फ जाँदै गरेको बा ७० प १६५१ नं. को मोटरसाइकल र  गजुरीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ९७ प २८५२ नं.को मोटरसाइकल  एकआपसमा ठक्कर खाँदा काठमाडौँबाट  चितवन तर्फ आउँदै गरेको ना ६ ख ३०१३ नं को ट्रकको अगाडिको दाहिने टाएरमुनि बा ७० प १६५१ नं.को मोटरसाइकल चालक ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएकाेछ । 

मोटरसाइकल चालक थक्रे गाउँ पालिका वडा नम्बर ६ निवासी अर्याल मोटरसाइकल ठोक्किएपछि लडेर ग्यास सिलिन्डर बोकेको ट्रकमुनी परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए । 

दुर्घटनामा गजुरी गाउँपालिका वडा नम्बर .१ निवासी ३० वर्षीय राजन  श्रेष्ठ घाइते भई उपचारको लागी काठमाडौँतर्फ  पठाइएको छ । दुर्घटनापछि फरार भएका ट्रक चालक  बेनिघाटराेराङ वडा नम्बर ५ निवासी ३५ वर्षीय धनबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।