स्रोत नखुलेको २८ लाखबढी नगदसहित दुई जना पक्राउ


कैलाली।

धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट स्रोत नखुलेको नगद २८ लाख ३ सय ५० रूपैयाँसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले यूपि ३१ सिएन ११७५ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक हरचित र कारमा सवार सागरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।