दाउन्ने सडक हिलाम्मे हुँदा सवारी आवागमन प्रभावित

 तीन दिनपछि सडक दुई तर्फी हुँदै : प्रहरी


नवलपरासी।   

मन्द वर्षाद र चिसाे ओसले सडक हिलाम्मे भई रहँदा दाउन्ने क्षेत्रकाे सवारी आवागमन प्रभावित बनेको छ ।

विगत ५ दिन देखि नवलपरासी पूर्व स्थित विनयी त्रिवेणी गाउँ पालिका वडा नम्बर २ विश्वकर्मा मन्दिर, त्रिसट्ठी माेड, घ्यूखाेला र त्यस आसपास सवारी जाम लागेकाे छ ।

त्यसै गरी निर्माणाधिन दाउन्ने सडक हिलाम्मे र चिप्लाे हुँदा  बारम्बार भारी सवारी फस्ने र बिग्रने गरेपछि सडक आवागमनमा समस्या उत्पन्न भएको जिप्रका नवलपरासी पूर्वले जनाएकाे छ ।

शनिबार बेलुका अरूणखाेलाबाट माटाे लाेड गरेर बर्दघाट तर्फ जाँदै गरेकाे बा.प्र.०३-००१ ख २१५८ नम्वरकाे ट्रक घ्यू खाेलामा फस्याे ।

दुई तर्फी आवागमन छेकेर फसेकाे ट्रक निकाल्न हम्मे परेपछि बल्ल तल्ल जेसिबीकाे सहायताले ट्रकलाई साइड लगाएर आलाेपालाे एक तर्फी सडक सुचारु गरिकाे जिप्रका पूर्वी नवलपरासीका सूचना अधिकारी मधु नेपालले बताए ।

नेपालका अनुसार आइतबार त्रिसट्ठी माेडमा  नेपालगन्जबाट सिमेन्ट लिएर काठमाडौ आउदै गरेकाे ट्रक स्टार्ट भएन,साेही ठाउँमा दाङबाट नारायणगढ आउदै गरेकाे ट्रकले गिएर फाल्याे, काठमाडौं बाट सुर्खेत जाँदै गरेकाे बसकाे सेल्फ गयाे जसका कारण सवारीहरू राेकिए ।

त्यसै गरी  ज्यमिरे चाेकमा पूर्वबाट पश्चिमी जाने र पश्चिमबाट पूर्व जाने २ छुट्टा छुट्टै ट्रक स्टार्ट नभएर सडक छेकेपछि पूर्व पश्चिम राजमार्ग दुम्किबास र दाउन्ने तर्फ ३/४ सय सवारीको लाम लाग्ने स्थिति बनी रहँदा  समस्या सिर्जना भएको नेपालले बताए ।

प्रहरीले दाउन्ने क्षेत्रमा सवारीको जाम लाग्न नदिइ एक तर्फी सडकमा आलाेपालाे मिलाएर सडक सुचारु गरिरहेको छ । जसका लागि जिल्लाका गैडाकोट ,कावासाेती अरूणखाेलामा सवारीलाई केही बेर हल्ट गराउने प्रयत्न पनि प्रहरीले गरिरहेको जनाएकाे छ ।

दाउन्ने सडकका कारण राजमार्गमा घण्टाैं घण्टा सवारी जाम लाग्दा यात्रुहरू बिचल्लीमा परेकाे स्थानीयहरू बताउँछन् ।

यसै बीच साेमबार अपरान्ह घाम लागेर हिलाे सुक्दै गएपछि एकाध ठाउँ बाहेक सवारी दुई तर्फी भएको र सवारी जामकाे चाप पनि घट्दै गएकाे जिप्रका नवलपरासी पूर्वले जनाएकाे छ । यश अघि सडकमा सवारीको जाम लागेपछि बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीकाे आग्रह रहेकाे थियाे ।

प्रहरीले दाउन्नेकाे ७ किमी पूर्वी खण्डमा सडक जामकाे समस्या घटाई निर्वाध राजमार्ग सुचारु गर्न पूर्व पश्चिम गन्तव्य बनाई हिड्ने सवारीहरूलाई बैकल्पिक मार्ग प्रयाेकका लागि यस्ताे आग्रह गरेकाे हाे ।

मौसम  पूर्वानुमान शाखाले बुधबारसम्म पानी पर्न सक्ने सम्भावना देखाई रहँदा पानी पर्ना साथ कुनै पनि बेला दाउन्ने खण्डमा याे स्थिति नदाेहाेरियाला भन्न नसकिने घाम लागि रहे चिप्लाे हड्दै  जाला सवारी चालक ऋषी  भुसाल बताउँछन् ।

बताइए अनुसार माेटर साईकल तथा साना चार पाँग्रेेका लागि डाडाजाेर-भुताहा ग्रामिण सडक, मिनि सवारीका लागि कावासाेती कुमसाेद सडक,ठूला सवारीका लागि गैडाकाेट राम्दी सडक विकल्प हुने छन् ।

पश्चिमबाट पूर्व आउने सवारीहरू पनि बाटाे अवस्था बुझेर केही दिन बुटवलबाट पोखरा अथवा राम्दी तर्फ कालीगण्डकी करिडाेर मार्गकाे प्रयोग उत्तम विकल्प हुने जानकारहरू बताउँछन् ।