हामी किन बालेनको पछाडि ?


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिइरहन्छन् । प्रायः आफ्ना विचार सञ्जालबाटै अभिव्यक्त गर्ने उनले शनिबार मध्यराति एउटा स्टाटस लेखे । त्यो स्टाटसले सामाजिक सञ्जाल ततायो । किन हामी बालेनको पछाडि दौडिरहेका छौँ । अन्य नगर प्रमुख छैनन् ?
अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए।
उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् । पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरु भैसकेको थियो ।
पछिल्लोपटक बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसँग साँठगाँठ गरेको आरोप लाग्ने गरेको छ । यसैबीच उनले चीन, भारत, अमेरिकासहितको नाम उल्लेख गरेर व्यक्त गरेको अभिव्यक्तिमाथि अहिले सञ्जालमा बहस सुरु हुन थालेको छ ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको आरोप बालेनमाथि लाग्दै आएको थियो ।
बालेन शाह कुनै मानक राजनेता होइनन् । पहिला उनी ¥यापर, संरचनात्मक इन्जिनियर थिए । उनी २०२२ को चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा (काठमाडौं महानगरपालिका) मेयरका रूपमा निर्वाचित भएका छन् र सामाजिक मिडियामा सक्रिय छन् । विशेषगरी युवापुस्तामा उनको लोकप्रियता धेरै छ । सामाजिक परिवर्तन चाहने समूहमा सक्रिय छन् । उनी पारदर्शिता, भ्रष्टाचारविरुद्ध आवाज, सामाजिक सञ्जालमार्फत सिधा संवाद जस्ता नयाँ शैलीमा देखिएका छन् ।
-सुहाना पोखरेल
इमाडोल, ललितपुर