यसरी देशको आन्तरिक उत्पादन कम हुँदै जाने र आयातमा मात्र आधारित हँुदै गयो भने देश कुनै पनि बेला उठ्नै नसकने गरी आर्थिक संकटमा फस्न सक्छ । यस्तो स्थितिले मूल्यवृद्धि रोक्न आन्तरिक नीतिले सक्षम हँुदैन भने अर्कोतर्फ उत्पादकत्व वृद्धि नभएसम्म देशमा रोजगारीको अवस्थामा सुधार आउँदैन ।
देशको अर्थतन्त्र र व्यापारको सन्तुलनका लागि देशको आयात र निर्यातको अवस्था सन्तुलन रहनु पर्ने सैद्धान्तिक मान्यता छ । आयातभन्दा निर्यात बढी भएमा देशको अर्थतन्त्र बलियो मानिन्छ । निर्यात कम भएमा देशको आन्तरिक बजार सशक्त नभएको चित्रित गरिँदै आएको देखिन्छ । नेपालमा वार्षिक कृषि –औद्योगिक, आन्तरिक उत्पादन–आपूर्तिसहित बाह्य बजार विस्तारको अवस्था चाहिने जति राम्रो भएर गएको देखिँदैन ।
आ.व. २०८१-८२ को १२ महिनामा नेपालको आयात १८ खर्ब बढी भएको छ । तर निर्यात भने २ खर्ब ७७ अर्ब नापिएको छ । २०८०-८१मा २ खर्ब ५२ अर्बको निकासी भई यसले रेकर्ड कायम गरेको थियो । २०८१-८२ मा १२ महिनाको व्यापार घाटा रहेको देखिन्छ । २०८०-८१ वर्षको आधारमा ६ प्रतिशत बढेको छ ।
आर्थिक वर्ष २०८२-८३ को नेपालको वैदेशिक व्यापारको ३ महिनामा व्यापार घाटा करिब ४ खर्ब, आयात ४ खर्ब बढी र वैदेशिक व्यापार ५ खर्ब बढिरहेको छ । यस्तै अवस्था भएमा आ.व. २०८२-८३ को १२ महिनामा निकासी सामान्य बढेमा व्यापार घाटा २२ अर्ब रुपियाँ बढीको अनुमान गर्न सकिन्छ । त्यसैले सरकारले आयात व्यापारमा निरुत्साहन नीतिलाई प्राथमिकता साथै कार्यान्वयनमा लैजान नसक्दा व्यापार घाटा बढेकोे हो । सरकारले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७९÷८० तयार गरे पनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । कार्ययोजनाको उद्देश्य नेपाल सरकारका विभिन्न निकायको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा बढ्दै गएको व्यापार घाटालाई आ.व. २०७०–७१ मा ६ खर्ब १९ अर्ब रुपियाँको व्यापार घाटा भएको थियो । २०८१-८२ मा १५ रुपियाँ खर्ब बढीको व्यापार घाटा भई देशको आयातमा उपभोग्य केन्द्रित व्यापार बढेको देखिन्छ ।
कृषि प्रधान देश भए पनि कृषि उत्पादन आयातमा अर्बौं रुपियाँ विदेशिएको छ । यस्तो अवस्थामा नेपालमा आयात भएका विदेशी उपभोग्य वस्तुका आयात तत्काल घटाउने अवस्था देखिँदैन । आयात प्रतिस्थापन गर्न विदेशबाट आयात भएका वस्तुका गुणस्तर जस्तै नेपालमा त्यस्तै उपभोग्य वस्तुका उत्पादन बढाउन आवश्यक देखिन्छ । आ.व २०७२–७३ त्यसपछि पनि २०८१÷८२ पुग्दा आयात बढ्दै गएका वस्तुमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल, सवारी साधन, इलोक्ट्रोनिक्स र तिनका पार्टपुर्जा, प्लास्टिक तथा प्लाष्टिकजन्य सामग्री, अन्नबाली, तरकारी फलफूल मुख्य थिए ।
नेपालमा उत्पादन हुने सामग्रीका उत्पादन बढाउन नसकेर हरेक वर्ष नेपालको व्यापार घाटा बढ्दै गएको छ । कृषिमा प्रभावकारी काम गर्न सके व्यापार घाटा घटाउन सकिन्छ कि ? तर २०७२ वैशाख १२ र त्यसपछिका भूकम्पले २०७१–७२ र २०७२–७३ मा कृषि खेती र उत्पादनमा असर ग¥यो । फलस्वरूप आ.व.२०७२–७३ को आर्थिक वृद्धि ०.७७ प्रतिशत रहन गयो ।
सन् २०१९ देखि २०२३ सम्म कोभिड २०१९ बाट नेपालसहित विश्वका देशमा अर्थतन्त्रलगायत अरू क्षेत्रमा असर पर्न गयो । २०७९÷०८० को चैत्रसम्मको व्यापार घाटा करिब ११ खर्ब रुपियाँ रहेको छ । सोही अवधिमा आयात भने १२ खर्ब १ अर्ब ५० करोडको रहेको र निकासी १ खर्ब १८ अर्ब २८ करोडको रहेको छ । यस अवधिमा आयात अघिल्लो नौं महिनाको तुलनामा १८ प्रतिशतले घटेको र निकासी २६ प्रतिशतले घटेको देखिएको छ । निकासीको पहिलो नम्बरमा भटमासको तेल र दोस्रो नम्बरमा पाम तेल रहेको थियो । अलैंचीको निकासी स्थान तेस्रोमा रहेको छ । २०७५ सालपछि निकासी वस्तुमा परिवर्तन देखापरको छ । नव निकासी वस्तुमा भटमासकोे तेल, सन्फलावर तेल, पाम आयल, अलैंची, धागो, फलामका वस्तुहरू, आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा १६४ देशबाट १९ खर्ब २१ अर्ब रुपियाँभन्दा बढीको सामान आयात भएको छ । भारतबाट २०७८÷७९ मा नेपालले १२ खर्ब १५ करोड २७ लाख रुपियाँभन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख रुपियाँ बराबरका सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्र २०७८÷७९ मा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाख रुपियाँभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो । २०८१÷८२ मा नेपालको निकासी २ खर्ब ७७ अर्ब रुपियाँ पुगेको छ ।
भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । २०७८-०७९ मा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपियाँ बराबरको आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग २ खर्ब ७३ अर्ब ९७ करोड ४९ लाख रुपियाँ बराबरको व्यापार घाटा भएको थियो । २०८२-०८३ को अगाडिका महिनामा चीनतर्फ निर्यात ५८.५ प्रतिशतले कमी आएको छ । आयात १६.२ प्रतिशतले बढेर ३०५ अर्ब पुगेको छ ।
नेपाल र तिब्बत चीनसँग बेलाबेलामा द्विपक्षीय व्यापार अवरुद्ध भई आएको छ । केरुङ र तातोपानी व्यापार अवरुद्ध भएको बेला मुस्ताड नाका प्रयोग भई आएको देखिन्छ । आयातको तुलनामा न्युन मात्रामा निर्यात हँुदा नेपालको व्यापार घाटा वृद्धि भएको थियो । २०७७-०७८को तुलनामा २०७८-०७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ । २०७७-०७८ को तुलनामा २०७८-०७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको थियो ।
कृषिजन्य उत्पादन गर्न सके आयात व्यवस्थापन र निर्यातको बढोत्तरीको संभावना र तत्पश्चात् व्यापार घाटा घट्ने परिकल्पना गरिएको थियो । तर कृषि क्षेत्र व्यावसायिकताको रूपमा लगानी र उत्पादनको अवस्था कमजोर देखिन्छ । यसले गर्दा पनि कृषिजन्य उत्पादनको आयात बढेको–बढ्यै छ । स्वदेशी उत्पादन जस्तै अलैंची, चिया–कफी, गलैंचा, पश्मिना आदिका ब्रान्डिङ गरी बाह्य बजारमा निर्यात–बिक्री वितरण गर्न सकिएको देखिदैन । बाह्य बजारमा राम्रो माग भएको कफी, चिया आदिको उत्पादन बढाउने भूमिका भएको निकायको विशेष ध्यानआकर्षण हुनुपर्दछ । अलैंची–अदुवा जस्ता वस्तुहरूको निर्यात संभावना भएका वस्तुमा पनि उत्पादन र निकासी ह्वातै बढ्न सकेको छैन ।
विगत केही वर्षका तथ्यांकअनुसार देशको आयात–निर्यातको अन्तर– वर्षैपिच्छे बढ्दै गएको छ । पछिल्ला वर्षमा आयातभन्दा निर्यात झन्डै नौं गुणा भएको देखिन्छ । वार्षिक ८ सय अर्ब रुपियाँभन्दा बढीको आयात–निर्यातको व्यापार गर्ने देशले २०७२–७३ मा कति हुने हो । निर्यात बढाउन सकिएको देखिँदैन । तर पन्ध्रौँ योजनाकोे अन्तदेखि नेपालको निकासी बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७१-७२ मा ६ खर्ब ९४ अर्ब रुपियाँभन्दा बढीका सामान देशमा आयात भए । यस वर्ष व्यापार घाटा ६ खर्ब १६ अर्ब रुपियाँ भएको थियो ।
कृषिको प्रमुख उत्पादनका वस्तुमा खाद्यान्न, तरकारी नै आयात दर उच्च हुँदै अर्थात् खाद्यान्नसहित कृषि वस्तुका मात्र वार्षिक ७३ अर्ब रुपियाँ भएको देखिन्छ । कृषिको मुख्य पेसा भएको देशमा वर्षको करिब ४५ अर्बको चामल मात्र आयात हुने गरेको देखिन्छ । यसबाट के देखापर्छ कि मानिसको कृषिमा संलग्ता हुने चाख कम हुँदै गएको हो कि ? देशमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न नसक्दा व्यापार घाटा बढ्दै गएको छ । पहिले देखिनै बृहत् उत्पादन नभएकाले निर्यात बढ्न सकेन ।
आयातमध्ये पेट्रोलियम पदार्थको आयातले गर्दा नै धान्न नसक्ने गरी व्यापार घाटा बढ्दै गएको छ । आयातित इन्धनमध्ये मुख्यतया सवारी साधन र लोडसेडिङका बेला बिजुली उत्पादनमा खर्च भइरहेको देखिन्छ । ऊर्जाको अभाव, कृषि व्यवसाय परम्परागत रूपमा सञ्चालन हुनु र उच्च विप्रेषणलगायतका कारणले देशको व्यापार घाटा चुलिँदै गएको भनिन्छ । निकासीउन्मुख वस्तुका गुणस्तरीय उत्पादन ह्वात बढ्न नसक्नु नै व्यापार घाटाको कारण बन्न गएको देखिन्छ । पेट्रोलियम पदार्थपछि सबभन्दा बढी कृषिजन्य उत्पादन आयात गर्न विदेशी मुद्रा खर्च भएको छ । तुलनात्मक रूपमा नेपालभन्दा भारतमा कृषि उत्पादन सस्तो भएका कारण वर्षेनी नेपालमा यस्ता वस्तुका आयात बढ्दैछन् । भारत सरकारले कृषि उत्पादन बढाउन मल, पानी, बीउ, कृषि औजारमा सहुलियत दिएको देखिन्छ । तर नेपालमा मलमा मात्र सहुलियत दिइएको छ । त्यसैले नेपालको उत्पादनभन्दा भारतको उत्पादन नेपालमा आयात गर्न सस्तो पर्दछ ।
विगत केही वर्षदेखि नेपालमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभावले कृषि उत्पादन बढाउन पनि समस्या पर्न गएको छ । जनशक्ति नहँुदा दुई बाली लगाउने ठाउँमा एक बाली मात्र लगाउने गरिएको छ । त्यसर्थ नेपालमा कृषि उत्पादन बढाउन कृषीकरण हुनुपर्ने, कृषकलाई प्रोत्साहन हुनुपर्ने र तुलनात्मक लाभका वस्तु विकास गर्नु पर्ने बताइन्छ ।
केही वर्ष यताका आर्थिक वर्षमा निर्यात भएका प्रमुख वस्तुहरूमा पाम आयल, भटमासको तेल, अलैंची, फलाम तथा स्टिलका वस्तु, गलैंचा, तयारी पोशाक, कफी तथा चिया मुख्य छन् । खाद्यान्न नेपालको निर्यातभन्दा आयात कैयौँ गुणा बढी छ । नेपालमा उत्पादित माछा–मासुको निर्यात विदेशी आयातभन्दा बढी देखिन्छ । त्यस्तै देशबाट फलफूल नगन्य मात्रामा निकासी भएको देखिन्छ । तर फलफूल निकासी बढ्दैछ ।
नेपालबाट निर्यात हुने मुख्य उत्पादनमा रहेको कृषिजन्य वस्तुको उत्पादन– निर्यातमा निरन्तर गिरावट वा ह्वातै बढ्न नसक्नु र औद्योगिक उत्पादनमा सुधार नआउनुले देशको मुख्य पेसा कृषि नै संकटमा रहेको अवस्थामा २०७२ को वैशाखको भूकम्पले कृषिको अवस्था आ.व. २०७२÷०७३ मा आर्थिक वृद्धिमा असर गरी वृद्धिदर ०.७७ प्रतिशत मात्र रहन गयो । स्थिति सोेचनीय देखिन्छ । देश विदेशी अर्थतन्त्रको भरमा हँुदै गएको देखिन्छ । यसरी देशको आन्तरिक उत्पादन कम हुँदै जाने र आयातमा मात्र आधारित हँुदै गयो भने देश कुनै पनि बेला उठ्नै नसकने गरी आर्थिक संकटमा फस्न सक्छ । यस्तो स्थितिले मूल्यवृद्धि रोक्न आन्तरिक नीतिले सक्षम हुँदैन भने अर्कोतर्फ उत्पादकत्व वृद्धि नभएसम्म देशमा रोजगारीको अवस्थामा सुधार आउँदैन ।
नेपालमा छिमेकी देशमा निर्यातमा केही सहुलियतको व्यवस्था पनि गरिँदै आएको छ । तर नेपालबाट सहुुलियत दिएकै वस्तुको उत्पादन तथा निकासी बढ्न सकिरहेको छैन । व्यवस्थित तरिकाले कतिपय वस्तुहरूमा अनुदान बढाउन सकियो भने नेपालमा आयात प्रतिस्थापन गर्न सकिन्छ । तर भनिन्छ यसलाई चाहिनेजति व्यवस्थित गर्न सकिएको देखिँदैन ।
(लेखक व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका पूर्व नायब कार्यकारी निर्देशक हुनुहुन्छ ।)











प्रतिक्रिया