काठमाडौं ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोग हुने बञ्चरेडाँडा ल्याण्डफिल साइट ४ दिनपछि पुनः खुलेको छ। आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोलीले स्थानीयको माग १५ दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयहरूले फोहोर फाल्न अनुमति दिएका हुन्।उनले त्यहाँका स्थानीयका प्रतिनिधिसँग छलफल गर्दै समस्या समाधानको पहल गर्ने उनको सचिवालयले जनाएको छ ।फोहोर बोकेका गाडीहरू अहिले बञ्चरेडाँडातर्फ गइसकेका छन्।
२०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौतामा सरकार र काठमाडौं महानगरपालिकाले उदासीनता देखाएको भन्दै स्थानीयहरूले अवरोध गरेका थिए। दैनिक करिब १५० भन्दा बढी फोहोरका गाडी बञ्चरेडाँडामा पुग्ने गरेका छन्। ल्याण्डफिल साइटले नुवाकोट र धादिङका स्थानीयवासीलाई प्रत्यक्ष रूपमा प्रभावित पारेको छ।











प्रतिक्रिया