बाजुरा ।
सनिवार दिउसो कोल्टीबाट धनगढीतिर आँउदै गरेको यात्रुवहाक बस सडक दुर्घटनाहुंदा वस का खलासीको मृत्यू भएको हो । दुर्घटनामा परी मृत्यू हुनेमा दशरथचन्द नगरपालिका वडा नं ९ बैतडीका गणेश जोशी थिए । जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला अस्पताल बाजुरामा कार्यरत हेल्थ असिस्टेन्ट अर्जुन वहादुर विष्टले जानकारी दिए ।
मृतक जोशीको छातिमा चोट लागेको। ढाड भाँचिएको र पिसाव नलीबाट रगत बगेको थियो । उपचारका क्रममा सनिवार रातीनै उनको मृत्यू भैसकको रहेछ एच ए विष्टले भने । गाडी रोकेर छत माथि सामान चढाउने क्रममा वस एक्कासी उल्टो गुड्यो छतवाट हाम फाल्ने क्रममा खलासी गम्भीर घाईते भएका थिए ।
सोही वसका यात्रु रुगिन वडा नं पाँच बच्छ्याँका नरेन्द्र चदाराले भने । उनले भने आफुलगायत २३ जनालाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरेको र आफू सामान्य छु नरेन्द्रले भने । वस करिन दश मिटर तल सिधै गएर रोकियो बस पल्टेको भए त ठूलो मानवीय क्षेती हुने रहेछ उनले भने ।
जिल्ला अस्पताल बाजुराका अनुसार जम्मा २३ जना घाईते भएर जिल्ला अस्पतालमा उपचार गराएका हुन् । एकज नाको सनिवार राति उपचारका क्रममा मृत्यू भएको होे । गम्भीर घाईते दानवहादुर सुनार र उमेश भाट लगायत पाँच जनालाई जिल्ला वाहिर रिफर गरिएको छ । अन्यको अवस्था सामान्य देखिएकोले जिल्ला अस्पतालमा उपचार गरी केही घर फर्किसकेका छन् अस्पताल श्रोतले जनाएको छ ।
सु प प्र ०१००१ख ३१८१ नंम्वरको यात्रुबाह बस बुढिनन्दा नगरपालिका वडा नं ७ सास्ता सेरकाँटियाँमा सनिवार दुर्घटना भएको हो । प्रारम्भिी जानकारी अनुसार भिरालो जग्गामा गाडी रोकेको। गाडी रोक्दा वड नलाएको । गाडी रोकेर चालक बाहिर निस्केको । गाडीको छतमा सामान चढाउँदा गाडी हल्लीयो केही छिन पछि गाडी उल्टो गुडेको थियो । बसको क्याविनमा बसेका पाणीका दाईले हत्तपत्त ब्रेक हानेका थिए । तरपनि ब्रेक नलाग्दा गाडी गुडिरहयो। चालक भैदिएको भए दुर्घटना हुंदैन थियो ,सवारी दुर्घटनामा परि उपचाररत हिमाली ४ फैतीका तुल सुनारले भने । विर्सैनवाट गाडीलाइ साईड नदिएर कच्चीबाटोमा हुंकाएको थियो। उनले भने खलासी त झ्याप थियो । गाडी चालक भने हिजो देखि नै फरार छन् ।











प्रतिक्रिया