काठमाडौँ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले थापाथली–त्रिपुरेश्वर खण्डको दक्षिणतर्फ रहेको ट्राफिक प्रहरी कार्यालयलाई हालका लागि नहटाउन काठमाडौँ महानगरपालिकालाई अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा हस्ताक्षरित पत्रमा रामशाहपथस्थित ट्राफिक प्रहरी मुख्यालयको भवन तथा व्यारेक गत आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएकाले करिब १०० जना प्रहरीलाई तत्काल अन्यत्र सार्न सम्भव नभएको उल्लेख छ।
पत्रमा महानगरपालिकाले सो स्थानबाट ट्राफिक कार्यालय हटाउने सूचना र माइकिङ गरेको जानकारी दिँदै हालको विषम परिस्थितिलाई मध्यनजर गरी केही समयका लागि सो कार्य नगर्न अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले ट्राफिक कार्यालयको दीर्घकालीन व्यवस्थापनका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसँग आवश्यक समन्वय गरिने जनाएको छ। साथै, सम्पदास्थलको संरक्षण र व्यवस्थापनमा महानगरपालिकालाई सहयोग गर्न प्रतिवद्धता पनि जनाएको छ।












प्रतिक्रिया