काठमाडौँ
लामो समयदेखि आन्दोलनरत नर्सहरूले उठाएका मागमध्ये तलबसम्बन्धी मुख्य विषयमा सहमति भएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रवार देखि शनिवार राती सम्म भएको वार्ताबाट नर्सहरूलाई दिने पारिश्रमिक दरबारे ठोस सहमति जुटाइएको हो।
शनिवार वार्तामा भएको सहमति अनुसार निजी मेडिकल कलेजहरूले नर्सहरूलाई मासिक ३४,७३० तलब दिने भएका छन्। त्यस्तै, निजी अस्पतालहरूले उक्त दरको कम्तीमा ८० प्रतिशत तलब अर्थात् करिब २७,७८४ दिनुपर्नेछ।
नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्माका अनुसार सहमति पत्रमा स्वास्थ्यमन्त्री सुधा शर्मा, सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, निजी मेडिकल कलेज संघका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्की, र निजी अस्पताल सञ्चालकहरूको संस्था (अफिन) का अध्यक्ष डा. पदम खड्का लगायतले हस्ताक्षर गरेका छन्।
तर, आन्दोलनरत नर्सहरूको अर्को समूह — ज्योति रानाभाट नेतृत्वको टोलीले भने यो सहमतिमा असहमति जनाउँदै वार्ताबाट बाहिरिएको छ।
स्वास्थ्य मन्त्रालयले भने सहमति कार्यान्वयनका लागि आवश्यक प्रक्रियाहरू छिट्टै अघि बढाइने जनाएको छ।











प्रतिक्रिया