काठमाडौं ।
बाँके र सप्तरीमा करेन्ट लागी दुई जनाको मृत्यु भएको छ। बाँके, नेपालगंज उपमहानगरपालिका–६ का ९० वर्षीय आशीराम सुनारलाई शुक्रबार आफ्नै घरमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै, सप्तरीको बोदेबरसाइन नगरपालिका–२ बैरियाकी २८ वर्षीया मालती देवी साहलाई शनिबार बिहान लुगा सुकाउने क्रममा करेन्ट लागी मृत्यु भएको छ।
उनलाई बचाउने क्रममा घाइते भएका दुई जनाको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया