छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


काठमाडौं ।

देशभरका विभिन्न स्थानमा शनिबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटनामा काभ्रे पनौतीका ३३ वर्षीय नवराज पुरीको, मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटनामा २४ वर्षीय आयुष बस्नेतको, कञ्चनपुरको कृष्णपुरमा बस दुर्घटनामा ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको छ।

त्यसैगरी भोजपुरको षडानन्द नगरपालिका९४ दुबेमा ट्याक्टर दुर्घटनामा चालक २५ वर्षीय आईत बहादुर तामाङ र १७ वर्षीय नविन तामाङको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते अन्य व्यक्तिहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।