काठमाडौं ।
मोरङको जहदा गाउँपालिका–१ का ३० वर्षीय सुनिल सरवरीया ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका अवस्थामा पक्राउ परेका छन्। उनले यही कात्तिक १० गते साँझ जहदा गाउँपालिका–१ राजवंशी चोकका मुकेश कुमार साह र उनकी श्रीमतीमाथि आक्रमण गरी ज्यान मार्ने प्रयास गरेको आरोप लागेको थियो।
जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी जारी राखेको र थप अनुसन्धान भइरहेको जनाएको छ।











प्रतिक्रिया