काठमाडौं ।
देशका विभिन्न जिल्लामा प्रहरीले अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट ५२ वर्षीय महमद मन्जुर मियालाई करिब ७ किलो १६० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, कपिलवस्तु नगरपालिका–८ कुवा गाउँबाट भारतका दुई नागरिक विनोद कुमार निषाद ९४२० र शिव रतन ९२६० लाई १ सय ग्राम ४२ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र डिजिटल तराजुसहित पक्राउ गरिएको छ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ बाट अरूण राना, शेखर प्रसाद जोसी र ज्ञानु पाली गरी तीन जनालाई २ ग्राम २७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुनाबाट २२ वर्षीय राजु सुनारसहित तीन जनालाई २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सर्वै घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।











प्रतिक्रिया