मार्तडी–कोल्टी सडक खण्डका छुट्टाछुट्टै सडक दुर्घटनामा २५ बढि घाईते

658
Shares

बाजुरा ।

बाजुराको सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी भेग मार्तडी–कोल्टी सडक खण्डका छुट्टाछुट्टै सडक दुर्घटनामा २५ बढि घाईत भएका छन् । सनिवार दिउसो कोल्टीबाट धनगढीतिर जाँदै गरेको सु प प्र ०१००१ख ३१८१ नंम्वरको यात्रुबाह बस बुढिनन्दा नगरपालिका वडा नं ७ सास्ता सेरकाँटियाँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरीकार्यालय बाजुराका प्रहरी निरिक्षक एबं सूचना अधिकारी गगन भाटका अनुसार उक्त वसमा २० जना बढि घाईते भएका छन् । घाईते सबैलाई उपचारका लागि अहिले जिल्ला अस्पताल बाजुरामा ल्याइदै छ । घाइतेको अवस्था बारे एकिन जानकारी नभएको प्रहरीले बताएको छ । बस सडक किनारा माथि पट्टी पल्टेको छ ।

दुर्घटना कसरी भयो एकिन जानकारी नआएको, अहिले घाईतेको उद्धारमा प्रहरी टोली खटिएको छ । घटना कसरी भयो बुझ्दै छौं प्रहरी निरिक्षक भाटले भने । त्यसै गरी सनिवार दिउसो नै मार्तडीबाट कोल्टीतर्फ जादैँ गरेको बोलेरो जीप दुर्घटना भएको छ । उक्त जीप बुढीनन्दा नगरपालिका १० पाण्डुसैन बजार नजिकै गंगापानीमा जीप दुर्घटना भएको हो । चालक सहित ६ जना यात्रु रहेका छन् ।