संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवा सुविधा घटाउने सरकारको निर्णय


काठमाडौँ।

सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाएको छ। सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।

बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते लागि निर्वाचनको मिति तोकेको उनले बताए । विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच प्रदान गर्ने निर्णय गरेको पनि मन्त्री खरेकाे भनाइ छ।