काठमाडौँ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् । बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाइएकाले नेपालले पद छाड्नुपर्ने माग गरेका हुन् ।
बिहीबार बैठकमा बोल्दै उनले भने,“माधव नेपाललाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ । त्यो विशेष अदालत र अख्तियार हामीले नै बनाएका हौँ । उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ’ ।











प्रतिक्रिया